खेलकुद

मुक्ति टोललाई चौथो कटरडाँगी भेट्रान्सको उपाधि

By admin

October 19, 2026

बाह्रदशी (झापा) । कटरडाँगी भेट्रान्सलाई पराजित गर्दै बाह्रदशी ५ कटरडाँगीमा आयोजित टोलस्तरीय भेट्रान्सको उपाधि मुक्ति टोलले चुमेको छ ।

 

स्थानीय कटरडाँगी विद्यालयको खेलमैदानमा सोमबार भएको फाइनल खेलमा मुक्ति टोलले कटरडाँगीलाई ३-२ गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । जितसँगै मुक्ति टोलले नगद ३० हजार र आकर्षक ट्रफी पाएको छ ।

 

मुक्ति टोलका लागि मैनाथ कोइराला, फिलेमान आलेमगर र टाइगर योङहाङले गोल गरे भने कटरडाँगीका लागि दलबहादुर श्रेष्ठले व्यक्तिगत दुई गोल गरेका हुन् । उपविजेता कटरडाँगीले नगद २० हजारमा चित्त बुझाएको छ । खेलको प्लेयर अफ दी म्याच मुक्ति टोलका टाइगर योङहाङ भए ।

 

विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि विर्तासिटी एजुकेशनका अनिल सापकोटा, झापा जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का, आयोजक क्लबका अध्यक्ष उमेश योङहाङलगायतले पुरस्कार प्रदान गरेका थिए ।