समाज

अर्जुनधाराबाट मडुवा सुर्तीसहित दुईजना नियन्त्रणमा

By admin

October 29, 2026

झापा । झापाको अर्जुनधाराबाट अवैध मडुवा सुर्ती बोकेको अटोसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

हिजो साँझ ७ः३० बजे अर्जुनधारा ११ लक्ष्मीधापस्थित भित्री सडक खण्डमा धुलाबारीबाट माता मन्दिरतर्फ आउँदै गरेको मे. १ ह ४९१५ नम्बरको अटोलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा ४ बोरा खुल्ला अवैध मडुवा सुर्ती बरामद भएको थियो ।

 

सो अवैध सुर्तीसहित अटो, अटो चालक बिर्तामोड ५ फुलबारी बस्ने ३६ वर्षीय टिकाराम राई, सुर्ती धनी पाँचथर फिदिम ४ बस्ने ३५ वर्षीय धनबहादुर थापा र उनले चलाएको इभी अनटेस्ट स्कुटी नियन्त्रणमा लिएको हो । ती सामानसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।