समाज

घाइते निल गाईको मृत्यु

By admin

November 14, 2026

झापा । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ७ स्थित बिरिङ खोलाको किनारमा घाइते भेटिएको निलगाईको मृत्यु भएको छ ।

 

बिहीबार राति ८ बजे बिरिङ खोलाको किनारमा रहेको बाँसको झ्याङमा पोथी प्रजातिको निल गाई अड्किएर घाइते अवस्थामा भेटिएको थियो ।

 

स्थानीयले सव डिभिजन वन कार्यालय सुरुङ्गामा जानकारी गराउनासाथ सोही वन कार्यालयका कर्मचारीहरुको टोली खटिएर घाइते निल गाईलाई उद्धार गरेको थियो ।

 

घाइते निलगाईलाई वन कार्यालयमा ल्याई राखिएकोमा हिजो बिहान ३ः१५ बजे सो निल गाईको मृत्यु भएको हो । मृत निल गाईलाई शुक्रबार बिहान ७ बजे सोही वन कार्यालयको जग्गामा खाल्डो खनेर गाडिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जानकारी दिएको छ