समाज

होटल अम्ब्रेलाबाट चारजना जुवाडे पक्राउ

By admin

November 15, 2026

झापा । बिर्तामोडको होटल अम्ब्रेलाबाट चारजना जुवाडे पक्राउ परेका छन् । गएराति ८ बजे बिर्तामोड ४ उर्वसी टोलस्थित होटल अम्ब्रेलामा तास खेलिरहेको अबस्थामा जुवाडेहरु पक्राउ परेका हुन् ।

 

पक्राउ पर्नेहरुमा इलाम सूर्योदय नगरपालिका १० का ४४ वर्षीय निर्मल श्रेष्ठ, ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका २ का २६ वर्षीय अनिष आचार्य, पाँचथर च्याङथापु बस्ने ४० वर्षीय देशभक्त राई र बिर्तामोड ३ का ४६ वर्षीय कोकुलबहादुर थापा रहेका छन् ।

 

होटल अम्ब्रेलामा पेशाको रुपमा जुवा तास खेलाउँदै आइरहेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव निरीक्षक रमेश खनालको कमाण्डमा खटिएको टोलीले खेल्दै गरेको एक बुङ तास र नेपाली ८९ हजार ९०० रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।