समाज

छठ पर्व : आस्था, प्रकृति र संस्कृतिको महागाथा

By admin

November 15, 2026

सूर्यको उपासना, प्रकृतिको सम्मान, छठ हो हाम्रो आस्था र संस्कृतिको पहिचान। चार दिनको साधना, श्रद्धाको अनुपम सार, सूर्य र छठी माताको महिमा अपरम्पार

पहिलो दिन- नहाय–खाय पवित्र स्नान गरी शुद्ध बनाइन्छ तन, सात्त्विक भोजनसँगै शुद्ध गरिन्छ मन। नियम र निष्ठाको सुरु हुन्छ यात्रा, आस्थाले सजिन्छ घर, आँगन र पात्र

दोस्रो दिन – खरना दिनभरि निर्जला व्रत, साँझ चन्द्रको उज्यालो, गुड़को खीर र प्रसादले घर बन्छ निरालो। प्रसाद ग्रहण गरी सुरु हुन्छ कठिन उपवास, मनमा सूर्यदेवप्रति अटुट विश्वास।

तेस्रो दिन – सन्ध्या अर्घ्य अस्ताउँदो सूर्यलाई जल अर्पण गरिन्छ, घाटघाटमा भक्तिको दीप प्रज्वलित हुन्छ। ठेकुवा, फलफूल, बाँसका डालामा सजिन्छ उपहार, जलमा उभिई गरिन्छ सूर्यदेवको सत्कार।

चौथो दिन – उषा अर्घ्य उदाउँदो सूर्यसँगै नयाँ आशा जाग्छ, अर्घ्य चढाई सबैको सुख-समृद्धि माग्छ। व्रतको पारणसँगै पूर्ण हुन्छ साधना, आस्था, एकता र प्रेमको अमर आराधना।

अस्ताउने र उदाउने दुवै सूर्यको सम्मान, यही छठको सन्देश, यही यसको महान् ज्ञान। न जातको भेदभाव, न धनी-गरिबको पर्खाल, छठले जोड्छ मानवता, प्रकृति र संस्कारको विशाल संसार।

प्रिन्स यादव नेसनल ल क्याम्पुस सानेपा, ललितपुर