समाज

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा शिवसताक्षीका युवा पक्राउ

By admin

November 19, 2026

झापा । खेतमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा शिवसताक्षीका एक व्यक्ति पक्राउ परेका छन् ।

 

कात्तिक २९ गते राति शिवसताक्षी ५ जनता बजार पूर्वतर्फ रहेको प्रभा ताजपुरियाको खेतमा शिवसताक्षी ४ बिशुवाडुब्बा बस्ने २५ वर्षीय बनेश्वर सोरेनले सोही ठाउँ बस्ने १७ वर्षीया किशोरीलाई डर त्रास देखाई जवरजस्ती करणी गरेका थिए ।

 

घटनाबारे पीडित किशोरीका आफन्तले मंसिर १ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी नायव निरीक्षक लालबहादुर थापाको कमाण्डमा प्रहरी टोली खटिएर सोरेनलाई नियन्त्रणमा लिएको हो ।

 

उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । पीडित परिवारले हिजो इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएको बुझिएको छ ।