बिर्तामोड । बिर्तामोडका तीन जनासहित झापामा आज बुधबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार ३ जना महिला र ७ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा बिर्तामोड नगरपालिकाका वडा न ४ र ५ का २ जना महिला १ जना पुरुष रहेका छन् । उनीहरु मध्ये २ जना स्वास्थ्यकर्मी र एकजना भने भारतीय नागरिक रहेका छन् ।

त्यस्तै, मेचीनगर नगरपालिका वडा नं. १० र १३ का २ जना पुरुषहरु रहेका छन् । उनीहरु भारतबाट आएका हुन् । यस्तै भद्रपुर नगरपालिका वडा न. ५ का १ जना महिला र १ जना पुरुष रहेका छन् ।

यस्तै झापा गाउँपालिका वडा न २ का १ जना पुरुष रहेका छन् । जसको स्वाब कोशी अस्पतालबाट संकलन गरिएको हो ।यसैगरी कचनकवल गाउँपालिका वडा न ७ का १ जना पुरुष रहेका छन् ।

गौरादह नगरपालिका वडा न ७ का १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनको स्वाब टेकुबाट संकलन भएको चौंलागाईंले बताए । आजका संक्रमितहरु मेचीनगरका बाहेक अन्य सबै स्थानीय बासिन्दा रहेका छन् ।

यो संगै झापा कुल कोरोना संक्रमितको संख्या ८७० पुगेको छ । जसमा ७८४ जना निको भएका छन् । भने अब ७८ जना उपचारारत छन्।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।