काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा मृतकमा २ जना महिला र ६ जना पुरुष रहेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा सुनसरीकी २८ वर्षीया र चितवनकी ७६ वर्षीया रहेका छन् । त्यसैगरी मृतक पुरुषमा ललितपुरका ६७ वर्षीय, काठमाडौँका ८३ वर्षीय र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ५ सय २८ पुगेको छ ।