झापा । झापामा आज शनिबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार आज संक्रमितहरु सबै पुरुष हरु रहेका छन् ।
संक्रमित हुनेहरुमा चारआली ब्यारेकका ६ जना सुरक्षाकर्मीहरु छन् । त्यस्तै, दमक नगरपालिका वडा न १० र ६ का २ जना महिला रहेका छन् ।
आज संक्रमण पुष्टि भएका दमकका ६८ बर्षीय बृद्दाको मृत्यु भएको छ । यस्तै गौरादह नगरपालिका वडा न का १ जना महिला मा पनि संक्रमण पुष्टि भएको छ ।
आज थपिएका संक्रमितहरु सबै स्थानीय बासिन्दा रहेको चौंलागाईले बताए । योसंगै झापामा कुल संक्रमितको संख्या ९११ पुगेको छ ।