काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७८० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ रहेको थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

आज थपिए ३५५६ कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ थियो ।

पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७८० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ रहेको थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

उपत्यकामा थपिए २१२९ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार (हिजो) काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।