विराटनगर । प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । सबैभन्दा बढी मोरंगमा ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङमा २-२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा २२५ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १०० महिला र १२५ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३-१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २-२, केराबारी र उर्लाबारीमा १-१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४-४, बर्जु, रामधुनी र गढीमा ३-३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९-९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १-१, इलामको देउमाई र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १-१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ । प्रदेश १ मा आज ३२६ जना डिस्चार्ज भएका छन् ।
होमआईसोलेसनबाट ३०४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३३९ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४१ म्हिला र ४१३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।