झापा । पछिल्लो २४ घण्टामा बिर्तामोडका ९ जनासहित झापाका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिर्तामाेडका ३ महिला र ६ पुरूष हुन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लाका ९ पालिकामा संक्रमित थपिएका हुन् । सबैभन्दा बढी बिर्तामोडमा एक जना स्वास्थ्यकर्मीसहित ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितको उमेर समूह २० देखि ५५ वर्षका छन् ।

त्यस्तै, भद्रपुरमा २ महिला र ५ पुरुष, अर्जुनधारामा २ महिला र १ पुरुष, कनकाईमा एक पुरुष संक्रमित भएका छन् । कनकाईका संक्रमित व्यक्तिको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी, एक महिलासहित ४ जना, बुद्धशान्ति र गौरादहमा २-२ जना पुरुष, कमल र शिवसताक्षीमा १-१ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कुल संक्रमितको संख्या एक हजार २५० जना पुगेका छन् ।

यस्तै, ९१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३२१ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुको आइशोलेसनमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण झापामा मृत्यु हुनेको संख्या १३ पुगेको कोभिड १९ का फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।