झापा । अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा रहेका र स्थानीय व्यक्तिमा लिइएको स्वाबमध्ये तीन जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये २ जना नगरपालिकाका कर्मचारी छन् ।
पुष्टि भएका सबै स्थानीय बासिन्दा हुन् । उनीहरुको असोज २७ गते स्वाब लिइएको थियो । जसमा अर्जुनधारा नगरपालिकाका मेयरका स्वकीय सचिव गजेन्द्र खनाललाई पनि संक्रमण पुष्टि भएको छ ।
उनी एक साता अघिदेखि होम आइशोलेसनमै थिए । उनले रिपोर्ट पोजेटिभ आएपछि आज फेसबुकमा पोस्ट गरेका थिए । उनी अर्जुनधारा २ का स्थानीय बासिन्दा हुन् ।
त्यसैगरी, अर्जुनधारा नगरपालिकाकै एक जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । उनी ९ नम्बर वडा निवासी टिपरका चालक हुन् । यस्तै, अर्जुनधारा १ का एक स्थानीय व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।