विराटनगर । प्रदेश १ मा आइतबार थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् । ५० महिला र १०४ पुरुष गरी विराटनगरमा १५४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये मोरङमा सबैभन्दा बढी २६५ जना रहेका छन् ।
त्यस्तै, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ ।
मोरङकै सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२-१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १-१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै सुनसरीको इटहरीमा ५७, इनरुवामा ९, रामधुनीमा ७, दुहवीमा ५, धरानमा ४, बर्जु र गढीमा २-२, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मनत्रालयले जनाएको छ ।
उता झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २-२, कमल, झापा गाउँपालिका र बाह्रदशीमा १-१ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
उदयपुरको कटारी र त्रियुगामा १३-१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १-१, इलामको इलाममा ४, फाकफोकथुम, माईजोगमाई र सुर्योदयमा १-१, संखुवासभाको चैनपुर र मकालु २-२, खाँदबारीमा १ जना पोजेटिभ थपिएका हुन् ।
भोजपुरको अरुण र भोजपुरमा १-१, धनकुटाको छथरमा १, तेह्रथुमको लालीगुराँसमा १, पा“चथरको फिदिममा १ र ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६ सय ५६ पुगेको छ ।
प्रदेश १ मा आइतबार १ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १ लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोशी कोभिड १९ उपचार केन्द्रबाट ७ जना, मेची अस्पतालबाट ७ जना र होम आइसोलेसनबाट १ जना गरी आइतबार थप १५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको प्रदेश १ मा संख्या ५ हजार ५ सय ७५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।