काठमाडौँ । नेपालमा मंगलबार थप तीन हजार ९३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८६१ जनाको परीक्षणमा थप तीन हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोना संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ ।
कोरोनामुक्त हुनेको संख्या ९६ हजार ६०९ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २१ सय ८ संक्रमित निको भएको जानकारी दिएको छ । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । कूल संक्रमितमध्ये ६९.४ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।