विराटनगर । प्रदेश १ मा आज ६३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सबैभन्दा बढी प्रदेश राजधानी मोरङमा २९९ जना रहेका छन् ।
यस्तै, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, सङ्खुवासभामा ३, खोटाङ र धनकुटामा १-१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष छन् । मोरङको सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९-९, मोरङको रंगेली र बुढीगंगामा ७-७, पथरीशनिश्चरे र लेटाङमा ५-५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३-३, धनपालथान र ग्रामथानमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा १०३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहबीमा ३-३ , भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा ३४, विर्तामोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बाह्रदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सूर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २-२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १-१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ८ पुगेको छ । प्रदेश १ मा आज ४१८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३९७, कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार ६२५ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९७ महिला र ४४० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५१ हजार ६०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।