बिर्तामोड । बिर्तामोडमा आज एक चिकित्सकसहित ११ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ३ महिला र ८ पुरुष रहेका छन् ।
संक्रमितहरु बिर्तामोड वडा नं १, ३, ४ र ५ का भएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँसकोटाले बताए । निजी क्लिनिकमा काम गर्ने चिकित्सकलाई संक्रमण देखिएको उनले बताए । बाँकी सर्वसाधारण रहेका छन् ।
उनीहरुले मेची अस्पताल भद्रपुर र नोवेल हस्पिटल विराटनगरमा पिसिआर परीक्षण गराएका थिए । योसँगै बिर्तामोडमा संक्रमितको सँख्या २६४ पुगेको छ । कोरोना संक्रमणबाट बिर्तामोडमा ३ जनाको मृत्यु भएको छ ।
