झापा । पछिल्लो २४ घण्टामा झापामा कोरोनाबाट ४ जनाको निधन भएको छ । आज ९ जना कोरोना संक्रमित थपिएका थिए । संक्रमितमध्ये ५ महिला र ४ पुरुष छन् ।

मृत्यु हुनेमा दमकका २ जना, गौरादहका १ जना र कमल गाउँपालिकाका १ जना छन् । जसमा ३ पुरुष र एक महिला रहेका छन् ।

मृत्यु हुनेमा दमक नगरपालिकाका २ जना पुरुष छन् । त्यस्तै, कमल गाउँपालिकाकी एक बृद्धा र गौरादह नगरपालिकाका एक पुरुषको निधन भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आज गौरादह १ का दुई जना महिला संक्रमित भएका थिए । तर, ९ नम्बर वडाका एक ९० वर्षीय बृद्धको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, दमक नगरपालिकामा २ जना पुरुषको कोरोनाबाट निधन भएको छ । उनीहरु ३ र ५ नम्बर वडाका हुन् । आजै २ जना संक्रमित पनि थपिएका छन् ।

यसैगरी, कमल गाउँपालिकामा संक्रमित ८३ वर्षीया बृद्धाको कोरोनाबाट निधन भएको पनि कार्यालयले जनाएको छ । निधन भएकी बृद्धा ५ नम्बर वडाकी हुन् ।आजै यस पालिकामा एक महिलामा संक्रमण भएको छ ।

यो सँगै झापामा कोरोनाबाट निधन हुनेको संख्या २८ पुगेको छ । हालसम्म झापामा एक हजार ८८८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने सक्रिय संक्रमितको संख्या ७५८ रहेको छ । आजसम्म १११९ जना कोरोनालाई जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।