झापा । पछिल्लो २४ घण्टामा ११ जनामात्र कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये २ महिला र ९ पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये मेचीनगरमा ५ जना थपिएका छन् । जसमा एक महिला र ४ पुरुष रहेका छन् । त्यस्तै, बिर्तामोड ३ र ५ नम्बर वडाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । जसमा १ महिला र २ पुरुष रहेका छन् ।
यस्तै, कोभिड १९ का फोकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुर नगरपालिकामा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु मेची अस्पताल भद्रपुरका रहेका छन् ।