झापा । सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनको विजेता कृपा पौडेललाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ ।

 

उनलाई भद्रपुर विमानस्थलमै कृपा जिताउ अभियानसहित विभिन्न संघसंस्थाले फूलमालाले भव्य स्वागत गरेका हुन् । उनी विजेता बनेपछि विहीबार पहिलोपटक गृह जिल्ला झापा फर्किएकी हुन् ।

 

उनलाई विमानस्थलबाट बाजागाजासहित १७ किलोमटरसम्मको दुरीमा रहेको गृह नगर विर्तामोड ल्याइएको थियो । पौडेललाई जिताउन जिल्लामा नगेन्द्र संग्रौलाको अध्यक्षतामा ‘कृपा जिताउ अभियान’ नै सञ्चालन गरिएको थियो ।

 

सो अभियानले विर्तामोडस्थित झापा नाटक घरमा पनि आजै विशेष सम्मान गरिएको अभियानकी सदस्य तथा नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले बताइन् ।