माङसेबुङ । आसन्न स्थानीय तह निर्वाचनमा इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीकी एक महिला उम्मेद्वार निर्विरोध निर्वाचित भएकी छन् । स्थानीय जुझारु महिला नेतृ तथा उद्यमी तिलरुपा सबेन्हाङ राष्ट्रिय जनमुक्ति पार्टीबाट माङ्सेबुङ ५ को सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।

 

सर्वसम्मत निर्वाचित भएसँगै सबेन्हाङ राष्ट्रिय जनमुक्ति पार्टीबाट पहिलो जनप्रतिनिधि बनेकी छिन् । राष्ट्रिय जनमुक्ति पार्टीले देशका विभिन्न प्रदेशका स्थानीय तहमा उम्मेद्वारी दिए पनि सुदूर पूर्वको इलाम जिल्लाबाट पहिलो खाता खोलेको हो ।

 

माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को महिला वडासदस्य पदमा स्वतन्त्र पदकी उम्मेद्वार महिला सदस्य चन्द्र इङ्नाम सेन्दाङले उम्मेदवारी फिर्ता लिएपछि जनप्रतिनिधिको रुपमा उनको बाटो खुलेको थियो ।

 

 

सेन्दाङ उम्मेद्वारी फिर्तापछि तिलरुपा सबेन्हाङ लिम्बू निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा भएपछि उनलाई विजयी घोषणा गर्ने जनाएको छ ।