धनकुटा । राजारानी अग्नि बसुन्धरा रारा गोल्डकपको ९औँ संस्करणको उद्भाटन खेलमा एपीएफ क्लब काठमाडौँलाई पराजित गर्दै सगरमाथा युथ क्लब मोर विजयी भएको छ ।
सहिद भीमनारायण गोल्डकपको विजेता एपीएफलाई मोरले १-० गोलले पराजित गरेको हो । मोरङका लागि सुसिल राईले खेलको १०औँ मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाएका हुन् । उनी म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पाउन सफल भए ।
उद्घाटन खेलका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरि शेर्पा थिए । भोलिको खेल क्यामरुनी टोली दाउफिन्स एफसीविरुद्ध प्mयान्स क्लब भुटानबीच हुनेछ ।