झापा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतले अग्रता लिएका छन्। पूर्व प्रधानमन्त्री ओलीले झापा क्षेत्र नम्बर ५ मा ३० हजार २०८ मतसहित अग्रता लिइरहेका छन्।

 

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १५ हजार ९७० मत प्राप्त गरेका छन्। हालसम्म झापा ५ मा ५९ हजार ९६० मत गणना भएको छ। त्यस्तै प्रदेशसभा सदस्य तर्फ एमालेका उम्मेदवार नै अगाडि छन् ।

 

क्षेत्र नं. ५ (१) मा एमालेका हिक्मतकुमार कार्कीले ३ हजार ७६७ मत ल्याउँदा उनलाई काँग्रेसका जीवनकुमार राईले ३ हजार ४९० मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, ५ (२) मा एमालेका होमबहादुर थापाले ५ हजार ४५० मत ल्याउँदा उनलाई माओवादी केन्द्रका रेवतराज पुरीले ४ हजार १७० मत ल्याएर पछयाइरहेका छन् ।