झापा । सुनसरीको इनरुवामा आयोजित प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ ।
झापा गाउँपालिकाले यो सिजनको पहिलो उपाधिसँगै नगद १ लाख रुपैँया प्राप्त गरेको छ । झापा गाउँपालिकाका अधिकांस खेलाडीले व्याक्तिगत स्पर्धामा समेत उत्कृष्ट घोषणा भए ।
फाइनल खेलमा इटहरीको शिखर सुजको टिमलाई २५—१९, २५—२१ र २५—१५ को सोझो सेटले पराजित गर्दै नगद एक लाखको उपाधि रक्षा गरेको हो । इनरुवा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा उपविजेता हुने शिखर सुजको टिमले ५० हजार रुपैँया पाएको थियो ।