शनिश्चरे । झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा बडादशैँको उपलक्ष्यमा आज अर्जुनधारा डान्स धमाका २०८० हुने भएको छ । कार्यक्रम अपराह्न ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

 

स्थानीय ए वान डान्स एकाडेमीको आयोजनामा शनिश्चरे बजारको सामुदायिक भवन अगाडि विभिन्न कलाकारका साथ डान्स धमाका हुने एकाडेमीका सञ्चालक तथा नृत्य निर्देशक अशोक धिमालले जानकारी दिए ।

 

 

अर्जुनधारा ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हुने कार्यक्रममा मेरो डान्स युनिभर्सका हेड अफ कोरियोग्राफर दिवस गिरी, मेरो डान्स युनिभर्सका डान्स च्याम्पियन राजेश बस्नेत, हिमशिखर डान्स आइडल सिजन १ का विजेता दिपेश राई, राष्ट्रिय एकल लोक नृत्य प्रतियोगिताका उपविजेता प्रितम सम्बाहाम्फेको प्रस्तुति रहने छ ।

 

यसैगरी, नेपाल आइडल सिजन ४ का फाइनलिस्ट नाम्ग्याल तामाङ, हिमशिखर डान्स आइडल सिजन २, एसईई सिजन २ की विजेता लिसारा थापामगर, लेट मी डान्स नेपालका फाइनलिस्ट प्रताप सुनुवारलगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।