भारतमा संक्रमितको संख्या १४ हजारभन्दा बढी, शुक्रबार ३८ जनाको मृत्यु

न्यूज सञ्जाल ६ बैशाख २०७७, शनिबार ०८:२५

काठमाडौँ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ। पछिल्लो पाँच दिनमा औषत एक हजारको दरमा संक्रमित बढिरहेका छन्। त्यहाँ कूल संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ। शुक्रबार एकै दिन ९२२ नयाँ संक्रमित भेटिएका थिए। बिहीबार १०६० ...

बेलायतमा फेरि बुटबलका भूपू सैनिकको मृत्यु

न्यूज सञ्जाल ५ बैशाख २०७७, शुक्रबार ०७:५४

काठमाडौँ । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उहाँलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । ...

बेलायतमा तीन हप्ताका लागि बढाइयो लकडाउन

न्यूज सञ्जाल ५ बैशाख २०७७, शुक्रबार ०७:५०

काठमाडोँ (एजेन्सी) । बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको लागि देशमा लकडाउन लम्ब्याउने घोषणा गरेका छन् । बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले लकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि खतरा हुनुका साथै अर्थव्यवस्थाका लागि पनि ...

पश्चिम बंगालमा ६ जना नयाँ संक्रमित थपिए

न्यूज सञ्जाल ३० चैत्र २०७६, आईतवार १९:०६

पर्वत पोर्तेल, झापा । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले शनिबार थप ६ जना कोरोना संक्रमित थपिएको जानकारी दिएकी छन्। पश्चिम बंगालमा हालसम्म १ सय १६ जना कोरोनाका शंकास्पद बिरामी फेला परेका छन्। जसमध्ये ५ को मृत्यु भएको छ। १९ ...

कोरोनाबाट भारतमा २४ घन्टामा ४० को मृत्यु

न्यूज सञ्जाल २९ चैत्र २०७६, शनिबार १९:११

भारत (एजेन्सी) । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएको बताइएको हो । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार नाघेको छ ...

बेलायतमा एकैदिन ९ सय जनाको मृत्यु

न्यूज सञ्जाल २७ चैत्र २०७६, बिहीबार ०८:०३

झापा । कोरोना भाइरस (केभिड १९) बाट बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ९७ पुगेको छ । वल्र्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ५ हजार ४ सय ९१ नयाँ संक्रमित ...

भारतमा एकै दिन १४ जनाको मृत्यु

न्यूज सञ्जाल २६ चैत्र २०७६, बुधबार ०८:५९

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित ...

बेलायती प्रधानमन्त्री जोनसन आईसीयुमा, स्वास्थ्यअवस्था गम्भीर

न्यूज सञ्जाल २५ चैत्र २०७६, मंगलवार ०९:०१

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन सघन उपचार कक्ष (आईसीयु) भर्ना भएका छन्। उनलाई सोमबार साँझ ७ बजे लन्डनको थोमस हस्पिटलको आईसीयुमा राखिएको हो। आइतबार साँझ अस्पताल भर्ना भएका ५५ वर्षीय जोनसन सोमबार बिहान डिस्चार्ज ...

बाघमा पहिलो पटक देखियो कोरोनाभाइरस

न्यूज सञ्जाल २४ चैत्र २०७६, सोमबार ०९:०८

एजेन्सी । अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ । ‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो संक्रमण हो,’ ...

चीनको वुहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो

न्यूज सञ्जाल १८ चैत्र २०७६, मंगलवार १७:१८

वुहान, चीन । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको वुहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । स्थानीय सरकारले हुबे प्रान्तको ...

1 51 52 53 54 55 59
×