भारतीय हाँस्य कलाकार कादर खानको मृत्यु भएको छ । बलिउडका वरिष्ठ अभिनेता समेत रहेका खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर रोग लागेको थियो । उपचारका क्रममा उनको क्यानडामा निधन भएको हो ।

उनी केही समय अघिदेखि क्यानडाको अस्पतालमा भर्ना गरिएको थियो । खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । ८१ वर्षीय खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए ।

खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत् बलिउड डेब्यू गरेका थिए । ‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् ।