झापा । एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस टिन मेची २०१८ को उपाधि झापा मेचीनगरकी रिचा ढकालले जितेकी छिन् ।

ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टको आयोजनामा भएको प्रतियोगिताको फस्ट रनरअप बिर्तामोडकी मौनता प्रसाई र सेकेण्ड रनरअप कनकाईकी अंकिता उप्रेती भएको कम्पनीका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।

नेपाली महिलाहरुको वर्तमान अवस्था विषयमा आफ्ना सटिक कुरा राख्दै निर्णायक ध्यान रिचाले आफूतिर खिचेकी थिइन् । उपाधिसँगै विजेता रिचाले ५० हजार नगद हात पारेकी छिन् । अष्टे«लिया, न्युजिल्यण्ड, जापान लगायतका देशमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाउँदै आएको एजुकेशन एण्ड माइग्रेसन कर्नरको टाइटल स्पोन्सरमा प्रतियोगिता सम्पन्न भएको हो ।