अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका १० चुथाइमा शनिबार बिहानै एक युवक विभत्स अवस्थामा मृत फेला परेका छन् । दुई महिला घाइते छन् ।

चुथाइस्थित एक पैनीमा स्थानीय ४४ वर्षीय षडानन्द पौडेल मृत अवस्थामा फेला परेका हुन् । उनको घाँटीमा धारिलो हतियार प्रयोग भएर लडिरहेको अवस्थामा फेला परेका थिए ।

स्थानीय जमुना ओझाको घरमा बिहान ५ बजे घटना भएको प्रहरीले जनाएको छ । उनको घरमा रगताम्य अवस्थामा स्थानीयले फेला पारेका थिए । ओझासँगै छिमेकी बालकुमारी भारती पनि घाइते छिन् । दुवैको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ । ओझाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा पौडेलले दुवै महिलामाथि आक्रमण गरेर आपूmले आफैँलाई हतियार प्रयोग गरेको स्थानीयले बताएका छन् । मृतकको शव जिल्ला प्रहरीको टोलीले पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगेको शनिश्चरे प्रहरी चौकीले जनाएको छ ।