झापा । झापाको बिर्तामोडमा शुक्रबारदेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ ।

महोत्सवको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरे । उद्घाटन अवसरमा हेलिकोप्टरबाट पृष्प वृष्टि गरिएको थियो भने मञ्चबाट शान्तिको प्रतिक परेवा उडाइएको थियो । यसअघि अतिथि सदनबाट प्रभात फेरी निकालिएको थियो ।