काकरभिट्टा । भारतको उडिसामा भएको हिरो कप फुटबल प्रतियोगिताको उपबिजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमबार काकरभिट्टामा विभिन्न संस्थाहरुले स्वागत गरेका छन् ।

काकरभिट्टा माविको खेलमैदानमा एन्फाका सह–सचिब निरज खड्गी, झापा जिल्ला फुटबल संघ, काकरभिट्टा भेट्रान फुटबल क्लब, नेपाल लोकतान्त्रीक खेलकुद संघ र काकरभिट्टा फुटबल टेनिङ्ग सेन्टर लगायतका संस्थाहरुले महिला टोलीका सदस्यहरुलाई खादा ओडाएर भव्य स्वागत गरेका थिए ।

महिला टोलीले आउँदै गरेको महिला साफ च्याम्पियनसिपका लागि इटहरीमा क्याम्प सञ्चालन गर्दैछ । इटहरीमा क्याम्प सञ्चालनपछि नेपाली टोली बिराटनगर जाने सम्भावना छ । स्मरणीय छ, नेपालमै आयोजना हुन गईरहेको महिला साफ च्याम्पियनसिपतर्फ नेपाल, बंगलादेश, भुटान र पाकिस्तान समूह ए मा रहेका छन् ।

समूह बी तर्फ भने साविक विजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । प्रतियोगिताका सबै खेलहरु बिराटनगरस्थित शहिद रंगशालामा हुनेछ ।