अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–६ लक्ष्मीपुरस्थित ऊँकार आर्ट एकाडेमीको मुख्य कार्यालयको आज एक कार्यक्रमकोबिच समुद्घाटन भएको छ ।
एकाडेमीका सञ्चालक विराज बाँस्कोटाको अध्यक्षतामा आयोजित समुद्घाटन समारोहमा प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडा आचार्यले समुद्घाटन गरेकी थिइन् ।
समुद्घाटनको सन्दर्भमा एकाडेमीका प्रशिक्षार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सबै प्रकारको नृत्य, गायन तथा अभिनयबारे प्रशिक्षण दिइने उक्त एकाडेमीको जिल्लाको तीन वटा स्थानमा शाखा रहेको अर्का सञ्चालक चिरञ्जिवी अधिकारीले जानकारी दिए । सञ्चालक अधिकारीले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन विराज कार्कीले गरेका थिए ।