दमक । विगत नौ महिनादेखि मिगौला रोगबाट पीडित झापा ,गौरीगञ्ज ३ घर भई हाल दमक ८ मा वस्दैआएका फूलनाथ आङ्गदेम्बेकी १४ बर्षिया छोरी कसुमको उपचारका लागि ३० हजार रुपैया सहयोग प्रदान गरिएको छ ।

गौरीगञ्ज ३ का अग्रज वयोवृद्ध कंशध्वज नेम्बाङ्गसहित स्थानीय लालडिकी र हुकागाछीका बासिन्दा हरुले संकलन गरेको ३० हजार ११० रुपैया पीडित परिवारलाई उपलव्ध गराएका हुन् ।

पीडितको घरमा पुगेर वयोवृद्ध नेम्बाङ्गसहितको एक टोलीले पीडित र उनका बुवा,आमालाई संकलित सहयोग रकम हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दे वयोवृद्ध नेम्बाङ्गले विरामी कसुमको स्वास्थ्य उपचारको कामना गरेका थिए ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका आङ्गदेम्बे परिवारले छोरीको उपचारका लागि नियमित स्वास्थ्य जाचसहित औषधी सेवन गरिआएका छन् । नियमित स्वास्थ्य जाँच गराउन तथा औषधी सेवन गर्ननै आर्थिक रुपमा समस्या परेपछि पीडित परिवारजनले छोरीको उपचार गर्न सवैसंग सहयोगको याचना गरिआएका छन् ।