पाँचथर । पाँचथरको हिलीहाङ गाउँपालिका वडा न ३ पञ्चमीको डाडे टोलका छ परिवार एक हप्ता देखि घरबार बिहीन भएका छन ।
पाँचथरको बिभिन्न स्थानमा बन डडेलोबाट उम्केको आगो बस्तिमा पसे पछि यो महिना मात्र आठ बटा घर जलेर खरानी भयो । गत चैत २ गते पाँचथरको हिलीहाङ गाउँपालिकाको वडा न ३ मा जंगलबाट आएको आगो बस्तिमा पसे पछि छ वटा घर जलेर खरानी मात्र भएन घरबार बिहीन संगै लाखौं मुल्य बराबरको सम्पति समेत जलेर खरानी भयो ।
यस्तै चैत ९ गते पाँचथरकै फाल्गुनन्द गाउँपालिका वडा न २÷३ को मारुनी जंगलबाट आएको आगोले स्थानीय लाखमान तामाङ बीरबहादुर तामाङको घर खरानी भयो भने सन्त बहादुर तामाङको गाई गोठ समेत जल्यो । फागुन देखि बैशाख सम्मको समयमा बन डडेलोबाट उम्केको आगोले जिल्लामा आगलागीको घटना बड्न थालेको छ । गत बर्ष दुई बर्ष अघि मात्र पाँचथरको कुम्मायक गाउँपालिका वडा न ५ स्याबरुम्बामा बनबाट आएको आगो बस्तिमा पस्दा सात घर जलेर खरानी भयो । यस पटक पनि पाँचथरको दुई स्थानमा बनबाट आएको आगोले आठ घर खरानीमा परिणत भयो ।
बनमा लागेको डडेलो बस्तिमा आउँदा छ घर खरानी भयो हामी घरबार बिहीन भयौं कोही अर्काको घरमा कोही त्रिपाल मुनी बस्न थालेका छौं हाम्रो अबस्था नाजुक छ भएको घर आगोले खरानी बन्यो अब घर के पैसाले बनाउने आगलागि पिडीत हिलीहाङ ३ का मनप्रसाद पालुङवा बताउनु हुन्छ ।
पालुङवा जस्तै स्थानीय बेदमाया पौड्यालको पनि अबस्था नाजुक छ बन डडेलोले हर्कबहादुर पालङवा, डम्बरबहादुर पालुङवा धनप्रसाद पालुङवा,राजकुमार पालुङवाको घर जले पछि उनीहरु घरबार बिहीन बनेका हुन । डडेलोबाट उम्केको आगोले घर गोठ सबै जले जिउमा लगाएको लुगा बाहेक केही पनि बचेन हामीलाई घरबार बिहीन बनायो अब बसाई जाने की त्रिपालमा बस्ने पिडा ब्यक्त गर्नुहुन्छ बेदमाया भन्नुहुन्छ ।