झापा । झापाको मेचीनगरमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीहरुले अब सडक कालोपत्रे, बाटाघाटा, कल्भट र ड्रेन बनाएर मात्र पूर्णरुपमा विकास निर्माण नहुने बताएका छन् ।
नेपाल कृषि प्रधान मुलुक भएका कारण जवसम्म कृषिका हरेक क्षेत्रमा सिञ्चाईँको उचित र व्यवस्थित विकास हुदैंन तब सम्म त्यस क्षेत्रका धेरै विकास निर्माण कार्य अधुरा हुने सहभागीहरुको भनाई थियो । मेचीनगर नगरपालिकाको सहयोगमा राष्ट्रिय सिञ्चाई जल उपभोक्ता महासंघ नेपाल जिल्ला समिति झापाले आयोजना गरेको मेचीनगर स्तरीय भेलाका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
हरेक सिञ्चार्इँ प्रणालीको विकास गरेर प्रत्येक किसानका खेतका गरा गरामा पानी पुर्याउनु राज्यको दायित्व भएको सहभागीहरुको भनाई थियो । जवसम्म कृषिमा नेपाल आत्मनिर्भर हुन सक्दैन तब सम्म देश पूर्णरुपमा समृद्धि बन्न नसक्ने दावी गरे । यसकारण पनि समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन पहिला नेपाललाई कृषिमा आत्मनिर्भर बनाउँदैं परनिर्भरताको अन्त्य गर्नुपर्ने उनीहरुको जोड थियो ।
भेलाको उद्घाटन गदैं मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले नगरभरि यस्ता सिञ्चाई प्रणालीको संस्खया कति छ त्यसको आधिकारीक तथ्याङ्क माग गदैं त्यसो भए स्थानीय सरकारले कुन कुन सिञ्चाईलाई के कसरी सहयोग गर्न सकिन्छ त्यसको अध्ययनबाट थाहा हुने बताए । कार्कीले नगरभित्रका कतिपय सिञ्चाई, कुलो पैनी निर्माणमा स्थानीय सरकार लागेको भएपनि संस्थागत रुपमा जान नसकेको भन्दैं अहिले पनि नगरभित्र साना ठुला पैनी, कुलोसहित अन्य सिञ्चाईका प्रणाली कति नगरपालिकासँग अभिलेख नरहेको बताए ।
यी सारा कुरा संस्थागत रुपमा उपलब्ध भए नगरपािलकाले पनि सोच्न बाँध्य हुने उहाँको भनाई थियो । नगरभित्रका टिमाई, हडिया, निन्दा सुके निन्दालगायतमा कति उपभोक्ता समिति छन् उनीहरुको अवस्था कस्तो छ ? कतिले केन्द्र, जिल्ला तथा स्थानीय स्तरबाट सहयोग पाईरहेका छन् त्यसको अभिलेख नगरपालिकासँग नभएकै कारण समस्या भएको कार्कीको भनाई थियो । उनले यी सारा कुरा भए आफुले निर्णयक तहमा कृषकका कुरा लिएर जाने बताए ।
राष्ट्रिय सिञ्चाई जल उपभोक्ता महासंघ नेपाल जिल्ला समिति झापाका कार्यवहाक अध्यक्ष मानबहादुर कार्कीको सभापतित्वमा भएको भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद खतिवडा,जिल्ला सदस्य पदम गौतम, चित्रकला दाहाललगायतले बोल्नुभएको थियो ।
भेलाले इन्द्र सिटौलाको अध्यक्षतामा आगामी दुईवर्षे कार्यकालका लागि १९ सदस्यीय राष्ट्रिय सिञ्चाई जल उपभोक्ता महासंघ नेपाल मेचीनगर समिति झापा नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र ढुंगाना, सचिवमा हरिभक्त धिताल र कोषाध्यक्षमा बन्दना श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरुमा हरिनारायण न्यौपाने, प्रेमबहादुर थापा, हरिमाया गड्तौला, उदय चौधरी, मोहनलाल सुब्बा, लक्ष्मीकान्त खवास, बुद्ध अधिकारी, वीरु लिङ्गदेन, कुलप्रसाद कट्टेल, लोकेन्द्र सुब्बा, लीलादेवी प्रधान, उमा घिमिरे, निर्मला सुवेदी, उर्मिला पोखरेल र रामकुमार प्रसाईँ छन् । समितिका पदाधिकारीहरलाई प्रमुख अतिथि कार्कीको उपस्थितीमा महासंघका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद खतिवडाले पद तथा गोपनियताको सपथ गराएका थिए ।