काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) र विमानस्थल सुरक्षा गार्डको कार्यालयले कुकुरको प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट चरेशसहित १ जनालाई पक्राउ गरेको छ ।

विमानस्थलमा रहेको एनसीबीको शाखा कार्यालय र सुरक्षा गार्डको कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चड्के चेकजाँच गर्दा एक जनालाई चरेशसहित काठमाडौंको पिपलबोट घर भएका ४३ वर्षीय राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको टोलीले केनाइन कुकुरको मद्दतबाट ४.५ ग्राम चरेशरहित अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको पार्किङ यार्डबाट उनलाई पक्राउ गरेको हो ।

प्रहरीसँगको बयानका क्रममा राजुले आफूलाई रेवा पुरी नाम गरेका व्यक्तिले चरेश दिएको बताएका थिए । राजुको बयानका आधारमा प्रहरीले मकवानपुरको थाहा नगरपालिका–८ घर भएका रेवा पुरीलाई पनि काठमाडौंको तिलगंगा एरियाबाट पक्राउ गरेको छ । रेवाको साथबाट ३८० ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।