झापा । दोस्रो राजगढ गोल्डकपको उपाधि आयोजक झापा एफसीले उचालेको छ ।

उपाधि भिडन्तमा मोरङको लेटाङ एफसीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।

टाइब्रेकरमा आयोजकले ४-२ गोलअन्तरमा लेटाङलाई पाखा लगाएर उपाधिमा कब्जा जमाएको हो । विजेता आयोजकले नगद एक लाख र उपविजेताले नगद ५५ हजार पाएको छ ।