झापा । दोस्रो राजगढ गोल्डकपको उपाधि आयोजक झापा एफसीले जितेको छ । लेटाङ एफसीलाई टाइब्रेकरमा पराजित गरेर उपाधि रक्षा गर्दा अन्य विधाको पुरस्कार कसले के पाए त ?
पुरस्कार वितरण गर्दा हावाहुरी आएको बेला खेलको म्यान अफ दी टुर्नामेन्ट आयोजकका गोकुल राजवंशी घोषित भए । उनले नगद १० हजार पाए ।

आयोजकका दिपांशु राउत उत्कृष्ट गोलरक्षक घोषित हुँदा आयोजककै राजकुमार कन्दङवा बेस्ट मिडफिल्डको पुरस्कार पाउन सफल भए । उनीहरुले जनही नगद ५ हजार पाए ।

खेलको बेस्ट फरवार्डको पुरस्कार आयोजककै गणेश हेमरम घोषित हुँदा आयाजककै दिपेश खतिवडा बेस्ट डिफेन्सबाट पुरस्कृत भए । लेटाङ एफसीका वीरेन्द्र लिम्बू म्यान अफ दी म्याच घोषित भए । उनीहरुले जनही नगद ५ हजार पुरस्कार पाए ।

खेलको विजेता आयोजक झापा एफसीले नगद १ लाख १ हजार पायो भने उपविजेताले नगद ५० हजारमा चित्त बुझायो ।