माइपोखरी, इलाम । माईपोखरीमा भएको आगलागीबाट पिडितहरुलाई राहत रकम वितरण गरिएको छ ।

सन्दकपुर गाउँपालिका वडा नं १ माईपोखरीमा भएको आगलागीबाट पिडितहरुलाई सन्दकपुर गाउँपालिका बेलायत समाजबाट प्राप्त रकम वितरण गरिएको हो ।

सन्दकपुर गाउँपालिका बेलायत समाजबाट प्राप्त ३ लाख २५ हजार ९ रुपैँया एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष उदय बहादुर राई र वडा नम्बर १ का अध्यक्ष नन्द कुमार राईको उपस्थितिमा वितरण गरिएको हो ।

सन्दकपुर गाउँपालिका बेलायत समाजका सल्लाहकार दल बहादुर गुरुङले संकलित राहत रकम वितरण गरेको सन्दकपुर गाउँपालिकाका दिनेश ढकालले जानकारी दिए । आगलागी पिडित ४ घरका ७ परिवारलाई संकलित रकम बराबर ढंगले वितरण गरिएको थियो ।

यसअघि सन्दकपुर गाउँपालिकाले पिडित परिवारलाई २ लाख ४० हजार नगद र २ लाख बराबरको जिन्सी सामान वितरण गरिएको थियो । त्यसैगरी गाउँपालिकाले खोलेको राहत कोषमा विभिन्न व्यक्ति संघसंस्थाबाट संकलन ५ लाख ७० हजार वितरण भएको थियो ।

जिल्ला विपद व्यवस्थापन समितिले समेत पिडित परिवारलाई २ लाख रुपैया बराबरको राहत प्रदान गरेको थियो । राहतका लागी अन्य संघसंस्था र व्यक्तिहरुबाट सहयोग रकम आउने क्रम जारी रहेकोछ ।