झापा । अन्तरराष्ट्रिय स्तरको रियल स्टेट सेवा पुर्याउने उदेश्यले संचालित सम्वृद्धि रियल स्टेटले झापाको बिर्तामोडमा रियल इस्टेट सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
आज भएको हेभेन ग्रान्ड होटेलमा प्रोपाटी ब्यबसायसंग सम्बन्धित झापा जिल्लाका बिभिन्न स्थानबाट करिब ७० जना सहभागी हुनु भएको थियो । सम्वृद्धि रियल स्टेटका मार्केटिंग डाइरेक्टर, एनआरएनए युकेका उपाध्यक्ष तथा अन्तररास्ट्रिय झापाली समाजका उपाध्यक्ष ललितकुमार न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।
राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रमको उद्घोषन सम्वृद्धि रियल इस्टेट बिर्तामोडका डाइरेक्टर केशब श्रेष्ठले गर्नु भएको थियो भने सहभागीको तर्फबाट लक्ष्मी घिमिरेले बोल्नुभएको थियो ।
सबैलाई धन्यवाद एवं प्रमाणपत्र वितरण गर्दै मार्केटिंग डाइरेक्टर ललित न्यौपानेले अब आधुनिक तरिकाले सरल ढंगले घर जग्गा, उधोग ब्यबसाय खरिद बिक्री गर्न, भाडामा लिनदिन सम्वृद्धि रियलस्टेट बिर्तामोडमा कार्यालय संचालन गरिएको बताए । उनले यस कार्यालयबाट सबैलाइ सेवा लिन र फ़्रिलाइन्स एजेन्ट भएर काम गर्न आह्वान पनि गरेका छन ।
प्रोपाटी ब्यबसायीलाई तालिम प्रदान गरी दक्ष बनाउदै बिर्तामोडको प्रोपटी ब्यबसायीले नेपालको अन्य क्षेत्रको प्रोपटीसमेत बिक्री गर्न सक्ने ब्यबस्था मिलाइएको उहाँले बताउनुभएको छ ।