टोक्यो (एजेन्सी) । जापानको अन्तर्राष्ट्रिय नारिता विमानस्थलमा सुरक्षाका लागि अबदेखि यन्त्र मानव रोबोटको प्रयोग गरिने भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

नारिता विमानस्थल राजधानी टोकियोको मध्य भागको चिबा क्षेत्र नजिक रहेको छ । जापानमा पहिलो चोटि विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिन लागेको बताइएको हो ।

यस प्रयोजनका लागि शुरुमा चार वटा रोबोट परिचालन गरिने भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले १ दशमलव २० मिटर उचाईका ती रोबोटमा ३ सय ६० डिग्रीको कोणको आधारमा वरपर निगरानी गर्ने क्यामेरा जडान गरिएका छन् । ती क्यामेराले सुरक्षाको प्रवन्धमा विश्वासिलो सहयोग पु¥याउने सरक्षा सुत्रले जनाएको छ ।

रोबोटबाट सुरक्षा निगरानी बढाइने यो नयाँ बैज्ञानिक प्रणाली आगामी ३ जुन देखि लागु गरिन लागेको हो । सन् २०२० मा जापानमा आयोजना हुनलागेको ओलम्पिक खेलकूदलाई मध्य नजर राखेर पनि यस प्राणालीलाई जोड दिइएको बताइएको छ ।

विमानस्थल प्रशासनले दिएको जानकारी अनुसार उक्त विमानस्थलको टर्मिनल १ मा दुई ओटा र टर्मिनल २ मा दुई ओटा रोबोटको जडान गरिने जनाइएको छ । जापानले कामदारहरुको संख्या कटौती गर्ने नीति लिइरहेको छ ।
जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेषगरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोगको थालनी भइसकेको छ ।