डाँगीबारी । बाह्रदशी गाउँपालिका ७ नम्बर वडामा रहेको वडास्तरीय महिला समितिको आयोजनामा तीन दिने अचार बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ ।

वडा नम्बर ७ का अध्यक्ष मित्रराज भट्टराईको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा गाउँपालिकास्तरीय महिला सञ्जालकी अध्यक्ष रेनुका भूर्तेल, परिषद सदस्य पूर्णबहादुर थापा, र्णबहादुर थापा, जुनतारा महिला कृषि सहकारी संस्थाकी अध्यक्ष शान्ता विमली प्रसाईं र आयोजककी सदस्य मुना श्रेष्ठले आफ्नो भनाइ राखेका थिए ।

वडाको महिला लक्षित ५० हजार रुपैयाँको आर्थिक सहयोगमा स्थानीय रेडक्रस भवनमा आयोजित तालिममा अर्जुनधाराको शिव बाबा अचार उद्योगका सञ्चालक दिनानाथ सिवाकोटीले सहभागी ३५ जनालाई तालिम दिएका थिए । उक्त तालिम वडास्तरीय महिला समितिकी अध्यक्ष सीता चौधरीको अध्यक्षतामा भएको थियो ।