झापा । फिफा यु-२० विश्वकपअन्तर्गत अन्तिम १६ को समीकरण पूरा भएको छ । गत राति चार खेल भएसँगै अन्तिम १६ मा जाने सबै टोलीको टुंगो लागेको हो ।

गत राति भएका खेलमा फ्रान्सले मालीलाई ३-२ ले हरायो भने पानामाले साउदी अरेबियालाई २-१ ले हरायो । सो समूह ‘ई’बाट फ्रान्स शतप्रशित ९ अंक जोडेर समूह विजेता बनेर अन्तिम १६ मा पुग्यो भने माली ४ अंकसहित गोलअन्तरमा अघि रहेर अर्को चरण पुग्यो ।

यता, अर्को खेलमा साउथ अफ्रिका र पोर्चुगल १-१ को बराबरीमा रोकिए । यो बराबरीसँगै पोर्चुगल भने समूह चरणबाटै आउट भएको छ । अन्तिम खेलमा साउथ अफ्रिकासँग १-१ को बराबरीमा रोकिएपछि पोर्चुगल आउट भएको हो ।

अर्को चरण जान राम्रो अफ्रिकालाई हराएर अर्को खेलमा अर्जेन्टिनाले दक्षिण कोरियालाई हराएको अवस्थामा मात्रै पोर्चुगलको अर्को चरणको सम्भावना थियो । तर, पोर्चुगल आफ्नो खेलमा बराबरीमा रोकिनु र अर्को खेलमा कोरियाले अर्जेन्टिनालाई २-१ ले हराएसँगै पोर्चुगलको अन्तिम १६ को बाटो बन्द भयो ।

सो समूह ‘एफ’बाट अर्जेन्टिना ६ अंकसहित समूह विजेता बनेर अर्को चरण पुग्यो भने कोरिया उपविजेता बनेर अर्को चरण पुग्यो ।

अन्तिम १६ मा को–को भिड्छन् ?

इटाली भर्सेस पोल्यान्ड

कोलम्बिया भर्सेस न्युजिल्यान्ड

युक्रेन भर्सेस पानमा

उरुग्वे भर्सेस इक्वेडर

सेनेगल भर्सेस नाइजेरिया

जापान भर्सेस साउथ कोरिया

फ्रान्स भर्सेस युएसए

अर्जेन्टिना भर्सेस माली

अन्तिम १६ का खेल भोलि रातिबाट सुरु हुँदैछन् । पहिलो खेल इटाली र पोल्यान्डबीच हुनेछ ।