झापा । प्रदेश नम्बर १ स्तरीय इकोम मिस एसईई २०१९ को उपाधि झापा मेचीनगरकी क्रिष्टिना ताम्राकारले जितेकी छिन् ।देश विकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो ? भन्ने प्रश्नमा आफ्नो सटिक भनाइ राख्दै उनले यस वर्षको उपाधि जितेकी हुन् । सोमबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा फस्ट रनरअप बिर्तामोडकी प्रिसा खरेल र सेकेण्ड रनरअप बिर्तामोडकै अनुमा राई बनेका छन् ।विजेताले क्रमशः ५० हजार, २० हजार र १५ हजार रुपैयाँसहित कक्षा १२ सम्म अध्ययनका लागि छात्रवृत्ति पाएका छन् । ड्रिम्स वल्ड इन्टरटेण्टमेन्टको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का ३४ प्रतियोगीको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य निर्णायकमा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल रहनुभएको थियो ।