बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल आज हुँदैछ ।

आज डोमालाल राजवंशी रंगशालामा अपराह्न ४ बजे अयाोजक रेड स्टार एफसीले इलामको त्रिवेणी एफसीसँग प्रतिस्पर्धा गर्दैछ । आयोजक र पाहुना टोलीबीचको भिडन्तमा विजयी हुने टिम अन्तिम चारमा प्रवेश गर्नेछ ।

यसअघि जलथल एफसी, झापा, पाञ्चायन एफसी सुनसरी र पूर्वेली युथ एफसी झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

गोल्डकपमा सहभागी आठ टिम मध्येका विजेता टिमले नगद १ लाख ५१ हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछ ।