माली । मालीको डोगोनस्थित आदिवासी समुदायमाथि अज्ञात हतियारधारी समूहले गरेको हमलामा कम्तिमा ९५ जना मारिएको स्थानीय अधिकारीहरुले बताएका छन् । अरु १९ जना हराइरहेको बताइएको छ ।

सोमबार यहाँको सरकारले विज्ञप्ति निकाल्दै अज्ञात समूहले हमला गरेको बताएको छ । आक्रमणमा ठूलो संख्यामा गाउँलेले पालेका जनावरहरु समेत मारिएका छन् ।

सोमबारको उक्त घटनापछि अनुसन्धान गर्ने सरकारले जनाएको छ । केही समययता हिंसा जारी भएको उक्त क्षेत्रमा यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

एएफपी न्युजका अनुसार घटनास्थलमा मारिनेका शरीर जलेका छन् । साथै अधिकारीहरुले हराउनेहरुलाई खोजी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।