काठमाडौं । केही दिनदेखि सामाजिक संजाल निक्कै तातेको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्वीर सार्वजनिक भएसंगै साम्राज्ञीको चर्चाले सामाजिक संजाल तातेको हो ।

इण्डोनेसियामा एक युवकसंगको अंतरंग तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । इण्डोनेसियामा आफ्ना प्रेमीसँग गरेको मस्ती सार्वजनिक भएपछि नायिका शाह तनावमा परेकी छिन् । साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ ।

चलचित्र ‘कायरा’को छायांकनको समयमा साम्राज्ञीको ट्याटु फोटो सार्वजनिक हुँदा उनको आलोचना खुबै भएको थियो । हुन त उनले आफ्ना आलोचकलाई इन्स्टामार्फत जवाफ फर्काइसकेकी छन् ।

साम्राज्ञीको चर्चा सेलाउन नपाउदै अहिले शृंखला खतिवडाको प्रेमको चर्चा समेत सुरु भएको छ । सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडाले टर्कीमा ब्लगर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो । शिसनको काँधमा रहेको तस्वीरमा श्रृङ्खलाले शिसनको टाउकोमा हात राखेकी छन् ।

यही फोटोसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको हो । शिसन एक युटुबर हुन् । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा भिडियो समेत बनाएका थिए । तर सिसन र शृंखला ले भने आधिकारिक रुपमा स्गवीकार गरिसकेका छैनन् ।

साम्राज्ञीले आलोचकलाई यस्तो भनिन्
केही दिनअधि आफ्नो प्रेमीसँग रोमाञ्च गरेको उत्तेजित तस्वीर सार्वजनिक गरेपछि आलोचित बनेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जवाफ फर्काएकी छन् ।

इण्डोनेशिया भ्रमणमा रहेका बेला प्रेमी देवाङ्क राणासँग खिचिएको अन्तरङ्ग तस्बीर सार्वजनिक रुपमा राखेपछि सामाजिक संजालमा उनको व्यापक आलोचना भइरहेको बेला साम्राज्ञीले आफ्नो तर्फबाट जवाफ दिएकी हुन् ।

उनले जवाफमा लेखेकी छन्, ‘हात्ती चले बजार, कुत्ते भूके हजार’ जसको अर्थ ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै’ गर्छ भन्ने हुन्छ । आलोचकहरुलार्इ लक्षित गर्दै उनले सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत यस्तो जवाफ दिएकी हुन् ।