सम्भवतः नेपाली चलचित्र क्षेत्रमा यो पहिलो पटक हुनुपर्छ, फिल्ममा नभएका कलाकारले पनि अर्को फिल्मको प्रचार प्रसारमा सघाएका छन् । नेपाली सिनेमा क्षेत्रमा बिताएको ५० वर्षको अनुभव समावेश गर्दै नेपालमा निर्माण भएको पहिलो सिनेमा ‘आमा’की अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको सिनेमा ‘साइनो’ प्रदर्शनको क्रममा रहेको छ । यो फिल्मको चर्चा यतिबेला चुँलिदो छ । यस फिल्ममा समाविस्ट गीत संगीतको चर्चाको कारण पनि यो फिल्मको चर्चाले हाइट लिएको हो ।

यो टिम प्रचारको लागि विभिन्न मिडियामा छाइरहेका छन् । देश दौडाहामा रहेको टिमले उपत्यकाभित्र हुने विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ । साथै दर्शकको धेरै माया र साथ पाउनुका साथै फिल्म हेर्न दर्शक प्रतिक्षामा रहेको प्रतिकृया पाइरहेको बताइन्छ । फिल्म प्रचारका लागि यतिबेला टिमसँगै अभिनेत्री तथा निर्मात्री भुवन चन्द थापा, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, दीपाश्री निरौला, पुजना प्रधान, उमा बेबी, गायिका मिना निरौला, नायिकाद्वय निता ढुंगाना, मिरुना मगर, नायक राजकुमार, निर्देशक रमेश थापालगायत लागिपरेका छन् ।

सिनेमामा भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, विशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ । अभिमन्यु निरवी लिखित सिनेमाको कार्यकारी निर्माता शरण थापा हुन् । सिनेमामा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चन्द्रविनायक फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमालाई रमेश थापाले निर्देशन गरेका हुन् ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको सिनेमामा निता ढुंगाना, मिरुना मगर र राजकुमारको मुख्य भुमिका रहेको छ । यो चलचित्र साउन २४ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुँदैछ ।
हेर्नुस् ट्रेलर…