एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड रियल भालाडोलिडसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले भालाडोलिडसँग बराबरी खेल्दै अंक बाडेको हो । रियलका लागि करिम बेन्जिमाले एक गोल गरे । भालाडोलिडका सेर्गी ग्वार्डीवलाले एक गोल गरे ।

खेलको ८२ औं मिनेटमा बेन्जिमाको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ८८ औं मिनेटमा ग्वार्डीवलाले गोल गर्दै भालाडोलिडलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

बराबरीसँगै रियलले २ खेलबाट ४ अंक जोडेको छ । भालाडोलिडले पनि २ खेलबाट ४ अंक जोडेको छ । रियल दोस्रो र भालाडोलिड तेस्रो स्थानमा रहेका छन् । रियल म्याड्रिडले अब अर्को खेल भिल्लारियलसँग आगामी आइतबार खेल्ने छ । भल्लाडोलिडले लेभान्टेसँग खेल्ने छ ।