बिर्तामोड । मिस तामाङ प्रदेश १ का प्रतियोगीहरुको फेसन शो हुने भएको छ । यही भदौ २४ गते बिर्तामोडको हब्बी स्विमिङ पुलमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

नेपाल तामाङ घेदुङ उर्लाबारीको आयोजनामा हुन गइरहेको मिस तामाङका सहभागी किशोरीहरुले कार्यक्रममा फेसन शो गर्नेछन् । सोही कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामा र साउथ एसियन स्टार असुसेन लामाले सांगीतिक प्रस्तुति दिनेछन् ।

मिस तामाङको फिनाले भने भदौ २८ गते धनकुटाको हिलेमा हुनेछ । कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राई रहने आयोजकका अध्यक्ष राजु घिसिङले जानकारी दिए ।